Skip to content

सूर्य -उषा : सन्ध्या-सूर्य


उषा तिमी सवैको विहानै घरमा सदै ।
आएर झ्यालबाट नै चियायी अदृश्य सदै।

पछिपछि सूर्य तिम्रो मुहार हेर्न आतुर।
लुकेर छठमा जान्छ्यौ खोज्दै छन् जल किनार।

पूर्व पश्चिम सवै नै नदी नाला सरोवर।
हेर्दै गएर नदेखी जलाशय कतै तिर ।

भई निरास लागे सूर्य त पश्चिमै तिर।
दृष्टि परेछ सन्ध्याको लागी पछि उनै तिर।

सूर्य उषा रहे टाढै सन्ध्या सूर्य अझै पर।
आश लिई मिलनैको गतिशील युगौँ युग ।

मायाँको लहरो हेर झांगिएको सवै तिर ।
तिमिले नमार माया नहेरे नि तिमी तिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *