Skip to content

निर्दागी


उसले भगवानको लामो तपस्या गर्यो । उसको कठोर तपस्या देखेर भगवान खुशी भयो र उसको अगाडि प्रकट भएर बोल्यो, ‘भन बाला ! तिमी के माग्न चाहन्छौ ?’

उसले खुशी हुँदै भन्यो, ‘हे ईश्वार ! म यो संसारमा सबैभन्दा सज्जन भएर बाँच्न चाहन्छु । म खोट बिनाको निर्दागी जीवन जिउन चाहन्छु ।’

‘बालाको जो इच्छा !’ भगवानले यति भनेर आशीर्वाद दिनसाथ ऊ लासमा पऋणत भयो र उसलाई कात्रोले घपलक्क छोप्यो ।

आफूले कल्पनै नगरेको बरदान पाएको हुनाले त्यो लासले विलाप गर्न थाल्यो, ‘हे ईश्वर ! ममाथि घोर अन्याय भयो ।’

भगवानले लासलाई भन्यो, ‘जीव, जनावरहरू जन्मिदा जेजस्तो हुन्छ त्यस्तै मर्छन र निर्दागी हुन्छ । मान्छे जन्मनेबित्तिकै आफूलाई पहिरनभित्र लुकाउँछ र दागी जीवन जिउँछ । निर्दागी त उसले कात्रो ओडेकै दिन मात्र हुन्छ । तिमीले जे बरदान माग्यौ, त्यो बरदान यही हो बाला !’

यकिना अगाध

Leave a Reply

Your email address will not be published. Required fields are marked *