Skip to content


जन्म दिन परेको छ शुभ नै शुभ जीवन,
कति बिते र बाँकी छ कति गुन मनैमन ?

रवि शशि घुमी धेरै मार्ग पूरा गरी सके,
उनैले सबको काया क्षण क्षण गनी सके!

घट्यो सब्को दिनै आज गर भलो छिटै ज है,
सुयोग्य नाम राखेर इतिहास बनाऊ है ।

आशीर्वाद उसैलाई दीर्घ जीवनको छँदै छ,
प्राणायाम गरे भित्री कुम्भक आयु पूर्ण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *