Skip to content


देखाएर दुर्गन्धको त्रास
शौचालयमा फोहर गर्नु हुँदैन भन्छन्
थुनेर सुचारू शौचालयहरू
फोहोर गरिहेछन् उनीहरू नै बाटो-बाटोको छेउमा
खपिनसक्नु दुर्गन्ध छ भनेर
शौचालय बमले उडाउनु पर्छ भन्छन्
म बुझाउन सक्तिन बमहरूलाई
उडाउँदैमा बारूदले
कहिलै अन्त्य हुँदैन शौचालयको
वस्तीका पेटहरूबाट जन्मी रहन्छन् अनन्त शौचालयहरू
म बुझ्न सक्तिन
आपत्ति कोसँग छ बमहरूको
अब्यवस्थित फोहोरसँग वा शौचालयको भौतिक संरचनासँग

घमण्डी पहाड सम्याउन निस्केका
वस्तीका उर्जाशील युवाहरू
संक्रमणका किटाणुले थलापरेको देखिएपछि
म बुझाउन सक्तिन घरहरूलाई
नभएपछि फोहोर व्यवस्थापनको स्वचालित प्रणाली
निरन्तर फैलिइरहन्छन संक्रमक किटाणुहरू
तिमी बसेको जंगलमा हुदैनथे भनेर शौचालय
तिमीहरूलाई कसले अनुमति दियो
भत्काउन हाम्रा निरन्तर पखालिने शौचालयहरू !

सायद,
हामीले पढ्न बाँकी नै छ
शौचालयको मौलिक दर्शन
थन्क्याएर जात र लिङ्गभेदका कुरा
सबैले जानुपर्छ शौचालयमा
थाँति राखेर बनौटे शान र इज्जत
निवस्त्र हुनु पनि शालीन हुन्छ शौचालयमा
हरेक शौचालय भित्र पढ्न पाइन्छ
श्लील र अस्लिलताको एउटा सीमारेखा
लज्जा र वाध्यताका मानकहरूको सीमा
भेदभाव हुदैन त्यहाँ फाटेको मोज र पाउपोशमा
पाँचतारेका लञ्च र जङ्गली गीठ्ठा भ्याकुरमा
शौचालयले हरेकपल्ट सम्झाउँछ
शौचनिवृत्तिले आत्तुर मान्छेलाई
अनावश्यक थुपार्न सकिदैन आफ्नै पोल्टामा सबै कुरा
सकिएपछि त्यसको काम
त्याग्दा सहर्षआनन्दित हुन सिक्नुपर्छ कस्तै कुर्ची पनि

टुक्रुक्क बसेर
फ्लस प्रणाली वा धाराको टुटिले
सम्झाईरहेको हुन्छ हरेकपल्ट
आफूले गरेको फोहोरको
जिम्मेवारी लिन सक्नुपर्छ हरेक मान्छेले
अन्यथा फैलाएर दुर्गन्ध
त्यो फोहरले उदाङ्ग पार्छ
नयाँ भनिएका मान्छेको असभ्यता पनि
वा क्रान्तिकारी भनिएकाहरूको यथास्थिती

Leave a Reply

Your email address will not be published. Required fields are marked *