Skip to content

टेन्डर आह्वान

टेन्डर आह्वान

मुटु छेँड्ने चिसो शीत , उक्ली सकेछ माथि नै ।
झर्यो हिउँ हिमालैको, तीव्र वायु छ साथ नै।

ताप शून्य भयो झर्यो, सुकुर्सुकुर्गरी जल।
मूल फुट्यो दुवै नाक, झराले ती भलै-भल।

दिउँसै सिरकै ओडी, भ्रामरी गर्छ नासिका ।
सिम्हासनसरी हाच्छ्यूँ , बिर्सन्न गर्न नासिका।

आँखा नाकबने स्रोत, जलाधार विद्युतको।
डाक्टर टेन्डरै हेर , म्याद छ सात दिनको ।
पुस ३, २०७५।

Leave a Reply

Your email address will not be published. Required fields are marked *