
क्रिष्चीको नयाँ वर्ष : शुभकामना
नयाँ यो वर्ष क्रिश्चीको स्वागत गर्न तयार,
बित्यो सत्र गयो टाढै देखाउँदै मतियार।
राम्रै गर्यो चुनाऊ त यही वर्ष सुरू भयो,
पूर्णता त नयाँले नै गर्नु पर्ने पनि भयो।
पाँच प्रतिशतै नै ज थ्रेस राख्नु पर्ने थियो,
बलिया सवै सप्रन्थे झार उम्रन्न नै थियो।
दलले नै बनाएको दलीय सम्विधान हो ,
मुटु नै त दलीयै छ , शिर निर्दल हुन्न हो !
असम्भव भनी जान दलमा पति निर्दल,
दलैमा अडिएको छ उनको प्राण निर्भर ।
कामना गर्छु होस् राम्रो आउदो वर्षमा सवै,
शान्तिले बस्न पाऔँ है नेपाली नै रहेर है ।
