Skip to content
LilaBallavNepal


तिम्ले स्टप भन्दैमा मेरो जुवान कहाँ रोकिन्छ र !
तिमीले थर्काउँदैमा गोर्खाली मुटु कहाँ हल्लिन्छ र !

तिम्रो अनगिन्ती अपराध लुकाउन मलाई भोग्यौ तिमीले
सच्चा नेपाली हुँ नेपाल आमाको शिर कहाँ ढल्छ र !

हिजो पनि तिमी जस्तैले मेरो जीव्रो थुतेका थिए
मलाई पटक पटक मणसान्ह बनाउँन कसले छोड्या छ र !

तर तिमीले आज त्यही वीर नेपालीलाई चलाएका छौ
जसको शिर सगरमाथा झैं आकाश चुम्न कहिले छोड्या छ र !

4 thoughts on “प्रसंग”

  1. गजल भएन यो । गीतलाई गजल नभनौं
    गजल भएन यो । गीतलाई गजल नभनौं की ? गजलको नियम र परिधि भित्र नरही सतही तरिकाले लेखिएका गीत मुक्तक लाई गजल भनेर प्रकाशन गरेर मझेरीले आफ्नो खिल्ली उडाएको छ । स्तरीय पाठकले अब यो वेब भिजिट गर्ने कि नगर्ने ?

    1. आलोचना खुला दिलले स्वागत छ,
      आलोचना खुला दिलले स्वागत छ, अजितजी !
      🙂

  2. कतै छेकछन्दै नमिलेकाेलाइ कसरी
    कतै छेकछन्दै नमिलेकाेलाइ कसरी गजल भन्नु भा हाे ।

    1. स्वागत छ
      गजल तव हुन्छ जव त्यसलाइ मलजल गरिन्छ,
      Thank you very much for comment

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *