निन्दा गरोस धेरैले, प्रशंसा नै कुनै गरुन्।
न यता को न त्यताको, जे सुकै जसले भनुन्।
विज्ञानले भनेको नै , भन्ने गर्छ सदैभरी,
औँलाको सूक्ष्म रेखामा , देख्छ न्याय सदैभरी ।
इन्द्रीय मन बुद्धी नै , जीव चक्र चलाउँ छ।
यिनै सदा हुने ठूला, स्वर्ग नर्क पठाउँ छ।
धेरै द्वन्द गरी तीनै , जीवननै जलाउँ छ ।
मित्रता यिनमा राम्रो , सफलता दिलाउँ छ।
अनभिज्ञ सही के हो , ससड्कित दुवै थरी,
विवादित लिखोटैमा , छाप होला कुनै थरी।
मिल्न राम्रो हुने राय, उसले दिन्छ धेर है ।
मिलापत्र गराएर, पठाई पनि दिन्छ है।
