
काष्ट मण्डप मन्दिर्मा, गुरुको जन्म उत्सव,
शिष्य शिष्या भए भेला, सिंगारे खूब सुन्दर।
आकाश वायु माटो र, आगेा पानी रहे तक,
गुरु शिष्य हुने एक , भूमण्डल रहेतक।
निजलाई निजैले नै, गर्छौँ दर्शन ध्यानमा,
योगपछी वियोग त,अवश्य हुन्छ विश्वमा।
पश्चात्ताप किन गर्नु, भयो वियोग बन्धु को
गुरु कृपा सदा हुन्छ, समाऊँ ज्ञान मार्गको ।
