
आदित्यको नमस्कार प्रतिदिन बिहानिमा,
बल वीर्य सदा तेज बढाउने शरीरमा।
प्राणायाम छ भस्त्रिका अनुलोम विलोम नै,
आयु बृद्धि सदा गर्ने पाचक अग्निसार नै।
स्वास्थ रक्षक राम्रोछ कपाल भाति उत्तम,
प्राणायाम सवै गर्न , पद्मासन छ उत्तम ।
ध्यान छित्रिन्छ हल्लाले एकान्त उत्तमै हुने,
उत्तम ध्यान हुने नै शून्य हृदय नै हुने।
