Skip to content

ऐनामा आफ्नै चेहरा

MahendraBahadurBista


ऐनामा आफ्नै चेहरा मलिन देख्छु
तिम्रो यादमा नयन रंगिन देख्छु

तिम्रो गुलाबी ओठ र सुन्दर मुस्कान
खै किन, फिका देख्छु रङ्गहिन देख्छु

टालेका फाटा लगाउने मेरा बालाई
शहरी सुट्कोटेभन्दा सालिन देख्छु

दिनभरि खाडीमा पिल्सिएर पनि
सपनी बाआमा, साहुको रिन देख्छु

देख्नु त धेरै छ यो धर्तीमा, र पनि
आफ्नै मृत्युको दृश्य कुन दिन देख्छु

@महेन्द्रबहादुर बिष्ट
त्रिभूवन विश्वविद्यालय कीर्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *