Skip to content

म सियो थिएँ

DeepakPrawasi


म सियो थिएँ तिमी कैची सम्झिदियौं
मेरै दुष्मनलाई सधैं साथी सम्झिदियौं

म गुमाउनेको डरले के-के सवाल गरें,
संका भन्यो अनि निगरानी सम्झिदियौं

भमरा फुलमा रसकै, लोभले आउछन्,
तिमी किन त्यसलाई पिरती सम्झिदियौं

खोला तर्नु रैछ, ढुङ्गा भन्थ्यो बरु,
खोली तरी भुल्यो, लौरी सम्झिदियौं

म फूल हुँ या पत्थर म आफैलाई थाहा छ,
जे -जे सम्झ्यौ तिमी, काफी सम्झिदियौं

दिपक प्रवाशी
सन्धिखर्क नगरपालिका १२

Leave a Reply

Your email address will not be published. Required fields are marked *