Skip to content


क्रीडाकेली
अपरिमित छ
व्योम छुने हतासामा
छिर्केमिर्के
भालेपोथी पुतलीहरू
सग्लो जीवन निखन्न
उद्गम
विरेचनका खातिर
प्रयासरत छन्,
नरहरू
नारीहरू
पौरख गर
आआफ्नो बैँसको
तागेता
विलम्ब
छुट कतैव रहन्न जीवनमा
चाह
असमेल
वञ्चनाको पुष्टि अपव्याख्या
तिजोरीमा कैद छन्,
साथमा
रातमा
बात–बातमा
चराहरू आहत नबनाऊ
मनुष्य
मनुष्यत्वको गर्भाधान गर ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *