एक
तिमी मेरै हुनुपर्छ भनेको नि होइन
तर तिम्लाई नसम्झेको कुनै पल छैन ।
पत्थरमा फूल रोपेँ कसरी हो फूल्ने
छैन कुनै बाटो अब तिमीलाई भुल्ने
तिमीले मलाई छुनुपर्छ भनेको नि होइन
तर तिम्लाई नसम्झेको कुनै पल छैन ।
मन पागल हुँदो रै’छ विछोड हुँदाखेरी
कति दिन बसुँ अब तिम्रो बाटो हेरी
मलाई सम्झी रुनुपर्छ भनेको नि होइन
तर तिम्लाई नसम्झेको कुनै पल छैन ।
दुई
मेरो तनै नेपाली मेरो मनै नेपाली
चोखो माया दिने मुटु झनै नेपाली।
छातीमा पहाड मेरो शिरमा छ हिमाल
मनमा छ तराई मेरो सुन्दर छ नेपाल
मेरो तनै नेपाली मेरो मनै नेपाली ।
मलिलो छ तराईको सुन फल्ने माटो
रमाइलो छ पहाडको नागबेली बाटो
मेरो तनै नेपाली मेरो मनै नेपाली ।
नेपालीमा हाँस तिमी नेपालीमा बोल
माया गर नेपालीमा मनको ढोका खोल
मेरो धुनै नेपाली मेरो पनै नेपाली ।
– सागर वीर कडारी
राजविराज नगरपालिका ५, सप्तरी
मोबाइल नं : ९८१५७२९८४६, ९८६२८५०९४६
बायो डाटा
वास्तविक नाम : वीरबहादुर कडारी
साहित्यिक नाम : सागर वीर कडारी
पिताको नाम : नारायणबहादुर कडारी
माताको नाम : चन्द्रमाया कडारी
जन्म मिति : बि.सं.२०३४/०३/०१
ठेगाना : मिथिला नगरपालिका बडा नं ६ (जन्मस्थान : ढल्केवर —३) धनुषा
हालको ठेगाना : राजविराज नगरपालिका ५, सप्तरी
शिक्षा : बी. एल्., एम्.ए.(समाजशास्त्र), डबल बी.एड्.(नेपाली र स्वास्थ्य)
पेसा : शिक्षण, वकालत, लेखन
आबद्ध :सौगात क्रियसन फिल्मस् प्रा.लि, सगरमाथा साहित्य परिषद, सप्तरी जिल्ला अदालत बार ईकाइ, मैथिली साहित्य परिषद, मधेश चलचित्र विकास संघ र अन्य
कार्यअनुभव : शिक्षण २२ वर्ष, वकालत ७ वर्ष, पत्रकारिता १० वर्ष
पुरस्कार : शिवदत्त मिश्र स्मृति मैथिली पुरस्कार (२०७२), थुप्रै फुटकर पुरस्कार र सम्मान
सम्प्रति : श्रीजनता रामेश्वर मेमोरियल मा.वि. ब्रहमपुर सप्तरी
प्रकाशित कृति : अभिनव नेपाली व्याकरण, ‘सेहन्ता’ मैथिली लघुकथा संग्रह, चलाक नढिया मैथिली बालकथा संग्रह, फूलबारी बालकविता संग्रह, मैथिली लोकोक्ति सागर, एक दर्जन मैथिली गीति एलबम, एक दर्जन नेपाली गीत रेकर्ड, आधा दर्जन भोजपुरी गीत रेकर्ड, सप्तरी जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको बृत्तचित्र, न्यायदर्पण साप्ताहिक पत्रिकाको राजविराजबाट प्रकाशन, आधा दर्जन पाठ्यपुस्तकको सहयोगी पुस्तकहरू । कथा, लघुकथा, कविता, गााउँखाने कथा, गजल, निबन्ध, मुक्तक, लेखरचनाहरू गोरखापत्र, मुना, युवामञ्च, कान्तिपुर, सप्तरी सन्देश साप्ताहिक, उदय नेपाल, अभिनव, सत्यापन, आजको वातावरण, शिक्षादीप, असल शासन, न्यायदर्पण पत्रपत्रिकामा
परिकल्पना : आम नागरिक जस्तै सेवा र सुविधा भएको अनाथालय सञ्चालन गर्ने
विशेष कृति जानकारी : सौगात क्रियसन फिल्मस् प्रा.लि. युट्युब च्यानलमा
