बुझ्नेले बुझिहाल्छन नबुझ्नेलाई बुझाउन गाह्रो हुन्छ
जति झारे नि यि आँशु बैगुनीलाई रुझाउन गाह्रो हुन्छ
नसोध है कस्तो हुन्छ माया प्रेमको अर्थ के हो भनि
अल्झेर प्रेम पासोमा फुत्कने मार्ग सुझाउन गाह्रो हुन्छ
यादमा डुबि आज भोली बस्दा तिमीलाई नै सम्झिएर
जलेर प्रेम अग्निमा प्यासी यो मन बुझाउन गाह्रो हुन्छ
कैले काँही त सम्झिएर नजिक नजिक नि आउने गर
एकान्तमा तिमी बिना मन साँच्चै भुलाउन गाह्रो हुन्छ
