Skip to content


दर्पणमा हेर्दा भन्छ्यौ लजाउँछु रोहित म त
लालीले नै रुप भन्छ्यौ सजाउँछु रोहित म त ।।१।।

साँच्चै तिमी कस्ती हौ रुपै राम्रो लोभ लाग्दो छ
आँखा जुध्दा मेरा भन्छ्यौ सर्माउँछु रोहित म त ।।२।।

साह्रै नलजाउन बोल न प्रिय कैले काहीँ त
लाजले मुहार भन्छ्यौ लुकाउँछु रोहित म त ।।३।।

वसन्ती तिमी कस्ती मायाको सरिता बगाएर
सँगै मैदानमा भन्छ्यौ पुर्याउँछु रोहित म त ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *