Skip to content

पूर्णिमा गुरु आजत


पूर्णिमा गुरु अाज त

आदि शिक्षक श्री देव शिवजी प्रभुको पनि ।
वारिस गुरु गर्दैछु , निहुरी वन्दना अनि !

थिइन् अर्धांगिनी एक , शिव शिष्या त पार्वती!
गुरुका अनेक शिष्य, शिष्याहरू कती कती !

गोसाइँ कुण्ड हाम्रै हो ,पार्वती शिव शिक्षक ।
थलो एकान्त सान्दार , माछो नै शिष्य रक्षक।

माछोको नाममा मत्स्य, आसन बन्न नै गयो,
त्यही आसन ऐले त, महत्व पूर्ण नै भयो !

योगदर्शन पूर्णै छ, हो प्रेक्षा जैन दर्शन !
कुण्डलिनी सुतेकी छन् , कुण्डलिया जगाउन !

हुन् दत्त्तात्रय चौबीस, गुरु काग र वा-नर ।
हाम्रा गुरु दुई मात्र ,रिषि किशोर नै नर।

शिवजी प्रभु नै एक, शिक्षक पहिला थिए।
वारिस उनका हाम्रा, रिषि किशोर नै भए।

गर्छौं वन्दन जोडेर , युगल हात आज त।
स्वीकारौं गुरु हाम्रो यो , पूर्णिमा गुरु जाज त !

छन्द – अनुष्टुप्

Leave a Reply

Your email address will not be published. Required fields are marked *