Skip to content

मध्ये राति एकल यात्री

DawaTenpaSherpa


मध्येरातको समय थियो, एकजना युवती आफ्नो घर जानको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सी थिएन । युवती एकदम डराइन् । घडीमा पनि रातको १२:४७ बजेको थियो । सडकमा केवल भुस्यहाँ कुकुरहरू भुकिरहेका थिए । टिर्र-टिर्र गर्दैं झ्याउकिरीहरू कराउँदै थिए ।

त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्यो । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकिनन् । युवती झन् डराउन थालिन् ।

केटो युवतीको नजिक आइपुग्यो । घाँटीमा सिक्री, हातमा पनि सिक्री, खुट्टामा बुट, कान र आँखाको माथिल्लो भागमा रिङ् झुण्ड्याएको; केटो हेर्दा त गुण्डा जस्तै देखिन्थ्यो । उसलाई देखेर युवती डरले थर-थर काँपिन् । मनमा एउटै प्रश्न गरी-गरी घुमिरहे, “लौ न, मलाई के पो गर्ने हो?”

समस्यामा परे पनि गुहार माग्न नजिकमा अरु कोही थिएनन् ।

गुण्डा जस्तो युवक नजिक आएर भन्यो, “किन डराउनु भएको बहिनी! ढुक्का होउ, म तिमीलाई केही गर्दिन । अध्याँरोमा तिमीमाथि मौका छोप्न खोजेको होइन । तिमी एउटा नारी हौ । रातको समय युवतीहरुलाई त्यति राम्रो हुँदैंन । त्यसैले जबसम्म यहाँ ट्याक्सी आउँदैन, तबसम्म म तिम्रो अंगरक्षक भएर बस्छु।”

केही बेरपछि त्यहाँ तिब्र गतिमा आएर एउटा ट्रक गचक्क रोकियो। ट्रकड्राइभर मापसेले मातिएको थियो ।

“ना ना ना नानी, क क कहाँ जाने हो, आउनुस् बस म पु पु पुर्याइदिन्छु ।” केटीतर्फ हेर्दैं ट्रक ड्राइभरले जीव्रो लड्बडाउँदै भन्यो । ऊ रक्सीले डुङडुङ्ती गनाइरहेको थियो । त्यो युवकले पनि धेरै रात भएकाले अब ट्याक्सी आउँदैन, यसै ट्रकमा जाऊँ भनी युवतीलाई आग्रह गर्यो ।

युवती डराएको आवजमा Thank you भन्दैं ट्रकको क्याबिन सिट्मा बसिन् । अब ट्रकड्राइभरले के गर्ने हो, उनीलाई थाहा थिएन । घरसम्म त जसरी नि पुग्नु पर्ने थियो । प्रचुर वर्षातका कारण घरमा फोन गर्नलाई नेटवर्क पनि थिएन । यता गुण्डाजस्तो देखिने युवक भने विपरित दिशातिर जानु परेकोले कुनै सवारी साधन नआएसम्म पर्खनु पर्ने भयो।

ट्रक आफ्नो गतिमा गुडिरह्यो । ड्राइभरले युवतीतर्फ आँखा पुलुक-पुलुक पार्दै हेर्यो। विचरी युवती डराएर बसिरहेकी थिइन् । ड्राइभर मोरोले केही गर्यो भने ह्यान्ड्ब्यागले हिर्काएर भाग्ने आँट गरिन् । ड्राइभरले मन्द बोलीमा ओठ लडबडाउँदैं भन्यो,”हेर्नुस् नानी, ती ती ती तिमी त मेरो बहिनी जस्तै हुन्, डराउनु प प प पर्दैंन । रातको समयमा एकजना मात्र के के के केटी ट्याक्सी स्ट्यान्ड्मा देखेर मैले ट्रक रोकेको हो, कि कि कि किनकि आजकाल जमना एकदम खराब छ ।”

केही समयपछि ट्रक केटीको घर एरियामा आएर रोकियो । युवतीले ड्राइभरलाई ह्यान्ड्ब्यागबाट बेरिएको ५०० रुपैंयाँ निकालेर भाडा तिर्न खोजिन् । तर ड्राइभरले भाडा लिन मानेन । बरु रातमा एक्लै यात्रा कहिल्यै नगर्नु भनेर युवतीलाई सम्झायो । युवतीले पनि Thank you दाइ, तपाई पनि जाँड रक्सी धेरै नपिउनु भन्दै ट्रकको क्याबिनबाट तल बुर्लुक्क ओर्लिइन् ।

त्यहाँबाट घरसम्म पुग्न गल्लीको बाटो हिँडेर जानु पर्दथ्यो । स्ट्रिट लाइट नभएकाले गल्ली अँध्यारो थियो । उताबाट एक जना बसको खलासी चुरोट तान्दैं मोबाइलको टर्च बालेर आइरहेको थियो । केटी फेरि पनि डराइन्, किनकि रातको समयमा एक्ली युवती कहाँ र कतिखेर के हुन्छ भन्न सकिन्न थियो ।

“यस्तो अध्याँरो र हिलम्मे बाटोमा एक्लै कहाँसम्म जान लागेको दि? जाऊँ, म पुर्याइदिन्छु; डराउन पर्दैंन।” खलासीले युवतीलाई टर्च बालेर युवतीकै घरसम्म पुर्याएर फर्कियो ।

रातको समयमा एउटा युवती सुरक्षाका साथ घरसम्म पुग्न सफल भएकोमा युवतीको परिवारहरू खुशी थिए ।

हो……! मेरो देश नेपाललाई पनि यस्तै प्रकारको पुरुषहरुको खाँचो छ ।

जुन दिन हाम्रा देशमा यस्तो प्रकारको भावना र सोच भएको युवाहरुमा जन्मन्छन्, त्यसै दिनदेखि नै हाम्रो मातृभूमि नेपालमा बलत्कार हुन बन्द हुन्छ ।

-दावा तेन्पा शेर्पा
हाल: NN Institute, Karnataka, South India

5 thoughts on “मध्ये राति एकल यात्री”

  1. लेखाइमा गम्भीर अशुद्दीहरु
    लेखाइमा गम्भीर अशुद्दीहरु देखिए-
    मध्ये राति, बुस्या कुकूरहरू बुकिरहेको थिए, एउटा ट्रक गचक्क रोकिए ।

  2. याे ता पढ्नै सकिन मैले । अति
    याे ता पढ्नै सकिन मैले । अति नै गल्ती रहेछन् यसैेले अलिकति पढेर छाडिदिएँ ।

  3. कथाको विषय ठिक छ सारै मन
    कथाको विषय ठिक छ सारै मन छोयो
    सुद्द आफै पढे भै गो नि

  4. सम्पादकले सम्पादन गर्नुभएको
    सम्पादकले सम्पादन गर्नुभएको भए बेश हुन्थ्यो नि।भाषिक रुपमा निकै अशुद्ध छन्।कथाको भाव त राम्रो हो।मातृभाषा झल्किएको छ ।

  5. केही सच्याइएको छ।
    केही सच्याइएको छ।

    — Original —
    मध्ये रातको समय थियो, एकजना युवती आफ्नो घर जनाको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सीहरू थिएनन् । युवती एकदम डराएकी थिइन । घडीमा पनि रातको 12:47 बजेको थियो । सडकमा केवल बुस्या कुकूरहरू बुकिरहेको थिए । टिर्र-टिर्र गर्दैं रातको झ्याउकिरीहरू पनि कराउँदै थिइन् । त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्छ । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकेन । युवती झन् डराउन थालिन् । केटा युवतीको नजिक आइपुगे । घाँटीमा सिक्री, हातमा पनि सिक्री, खुट्टामा बुट, कान र आँखाको माथिल्लो भागमा रिङ्ग् झुण्ड्याएको; केटा हेर्दा त गुण्डा जस्तै देखिन्थ्यो । उसलाई देखेर युवती डरले थर-थर काँपिन्, मनमा एउटै प्रश्न गरी-गरी गुमिरहे, “लौ न, मलाई के पो गर्ने हो?”

    कतै समस्यमा परेपनि गुहार माग्ने नजिकमा अरु कोही थिएनन् ।

    गुण्डा जस्तो युवक युवतीको नजिक आएर भन्छ, “किन डराउनु भएको, बहिनी! ढुक्का होउ, म तिमीलाई केही गर्दिन । अध्याँरोमा तिमी माथि मौका छोप्न खोजेको होइन । तिमी एउटा नारी हौ । रातको समय युवतीहरुलाई त्यति राम्रो हुँदैंन । त्यसैले जबसम्म यहाँ ट्याक्सी आउँदैन, तबसम्म म तिम्रो अंगरक्षक भएर बस्छु।”

    केही बेरपछि त्यहाँ तिब्र गतिमा आएर एउटा ट्रक गचक्क रोकिए। ट्रक ड्राईभर पनि मापासेले गर्दा मातिएको थियो ।

    “ना ना ना नानी, क क कहाँ जाने हो, आउनुस् बस म पु पु पुर्याइदिन्छु ।” केटी तर्फ हेर्दैं ट्रक ड्राईभरले जीव्रो लड्बडाउँदै भनिन् । रक्सी पनि ढङ्-ढङ्ती गनाइरहेका थिए । त्यो युवकले पनि धेरै रात भएकाले अब ट्याक्सी आउँदैनन् र यसै ट्रकमा जाउँ भनी युवतीलाई आग्रह गरिन् । युवती आफ्नो अंगरक्षक गर्ने युवकलाई डराएको आवजमा Thank you भन्दैं ट्रकको क्याबिन सिट्मा बसिन्, किनकि अब ट्रक ड्राईभरले के गर्ने हो, उनीलाई थाहा थिएन । घरसम्म त जसरी नि पुग्नु पर्ने थियो । दिनमा भएको धेरै वर्षातका कारण घरमा कल गर्नलाई फोनको नेटवर्क पनि थिएन । यता गुण्डा जस्तो देखिने युवक भने विपरित दिशातिर जानु परेकोले कुनै सवारी साधन नआएसम्म पर्खनु पर्ने भयो।

    ट्रक आफ्नो गतिमा गुडिरहे । ड्राईभर युवती तर्फ आँखा पुलक-पुलुक पार्दैं हेरिन् । विचरी युवती डराएर बसिरहेकी थिई । कतै ड्राईभर मोरोले केही गर्यो भने ह्यान्ड्ब्यागले हिर्काएर आफू बच्ने आँट समेत गरेका थिइन् । ड्राईभरले मन्द बोलीमा ओठ लडबडाउँदैं भनिन्, “हेर्नुस् नानी, ती ती ती तिमी त मेरो बहिनी जस्तै हुन्, डराउनु प प प पर्दैंन । रातको समयमा एकजना मात्र के के के केटी ट्याक्सी स्ट्यान्ड्मा देखेर मैले ट्रक रोकेको हो, कि कि कि किनकि आजकाल जमना एकदम खराब छ ।”

    केही समयपछि ट्रक केटीको घर एरियामा आएर रोकिन् । युवतीले ड्राईभरलाई भाडा कति भयो भन्दै आफ्नो ह्यान्ड्ब्यागबाट बेरिएको ५०० रुपैंयाँ निकालीन् । तर ड्राईभरले भाडा लिन मना गरे । बरु रातमा एक्लै यात्रा कहिल्यै नगर्नु भनेर युवतीलाई सम्झाइन् । युवतीले पनि Thank you दाइ, तपाई पनि जाँड रक्सी धेरै नपिउनु भन्दै ट्रकको क्याबिनबाट तल बुर्लुक्क ओर्लिए ।

    युवती घरसम्म पुग्न त्यहाँबाट पनि केही समय गल्लीको बाटो हिँडेर जानु पर्दथ्यो । स्ट्रिट लाइट नभएकाले गल्लीको बाटोहरू अध्याँरो थियो । युवती गल्लीको हिलो बाटो हुँदै आफ्नो पाईलालाई अगाडि लम्काइन् । उताबाट एकजना बसको खलासी चुरोट तान्दैं मोबाईलको टर्च बालेर आइरहेको थिए । केटी फेरि पनि डराइन्, किनकि रातको समयमा एक्लो युवती कहाँ र कतिखेर के हुन्छ भन्न सकिन्न थियो । खलासी चुरोटको एकसट तान्दैं युवती नजिक आइपुगिन् ।

    “यस्तो अध्याँरो र हिलम्मे बाटोमा एक्लै कहाँसम्म जान लागेको, दि ! जाउँ, म पुर्याइदिन्छु; डराउन पर्दैंन।” खलासीले युवतीलाई टर्च बालेर युवतीकै घरसम्म पुर्याएर फर्किन् ।

    अरुभन्दा नि रातको समयमा एउटा युवती सुरक्षाका साथ घरसम्म पुग्न सफल हुँदा युवतीको परिवारहरू खुशी थिए ।

    हो……! मेरो देश नेपाललाई पनि यस्तै प्रकारको पुरुषहरुको खाँचो छ ।

    जुन दिन हाम्रा देशमा यस्तो प्रकारको भावना र सोच भएको युवाहरुमा जन्मन्छन्, त्यसै दिनदेखि नै हाम्रो मातृभूमि नेपालमा बलत्कार हुन बन्द हुन्छ ।

    -दावा तेन्पा शेर्पा
    हाल: NN Institute, Karnataka, South India

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *