तिमी जस्ती सुन्दरीको पछि लाग्दा बिग्रिए म
धोका दियौ र पो बल्ल पानी सरी थिग्रिए म
मन तिम्रो कालो रैछ कञ्चन देख्नु भूल भयो
सबै जना उस्तै हुन कि प्रेम गर्न हिच्किए म
तिमी हाँस्दै गयौ सानू मलाई पिडा भइरह्यो
मन जल्दा पिडा भई आफैं भित्र थिच्चिए म
माया गर्छु आफैंभन्दा बढी तिमीले भन्दा खेरी
नचाहेरै मलाई फ्याँल्दा रछ्यानमा मिल्किए म
