उकालीमा तिम्लाई भेट्न चौतारीमा आउन गाह्रो
कस्ती काली तिमी प्यारी प्रितका गित गाउन गाह्रो।।१।।
तिमीलाई भेट्न अनेक बाहना बाजी गर्दै काली
झुक्याएर त्यतातिर समाज छली धाउन गाह्रो।।२।।
झटपट्ट गरि हतार भन्छ्यौ मेरा हात समाऊ
नसिलाएको सरो लुगा शरीरमा लाउन गाह्रो।।३।।
कर्म छाडेर भन्छ्यौ काली भाग्यले सबै जुराउँछ
भाग्यमा भएपनि चिताएको कुरा पाउन गाह्रो।।४।।
