Skip to content

राखि हेरें मैंले फूलको थुङ्गा छेउमा फूललाई
स्वीकार्न खोजे जाँची तर कहीँ भेटिन भूललाई।।१।।

फूलको बगैंचामा एउटा मात्र फूल मन पर्यो
टपक्क टिपी ल्याउँदा हुन्छ त सोध्दै छु कुललाई।।२।।

साह्रै नै चर्को महङ्गी छ छोइ सक्नु छैन बजार
अड्को फड्को तेलको धूप छ पैसा तिर्न सूनलाई।।३।।

रोजे तिम्लाई सानू राखौंला सदा मायाले हृदयमा
दिन्न आश्वासन उडेर टिपी ल्याउने जूनलाई।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *