तिमीबिना मेरो जिवन शून्य अनि मधुरो छ
तिमी छैनौ बत्ति बाल्ने मेरो जिवन मधुरो छ।।१।।
आउछौ नि काली म लिन आउँदा डोली सजाइ
सम्हाल मेरो घर बारी सबै छेउमा धतुरो छ।।२।।
बुझ है चाँडो मनका कुरा समयले पर्खदैन
म खोज्दैछु जाँचेर कस्को मन अति चतुरो छ।।३।।
चलाख स्त्री बनाउनु भन्छन् जिवनको सारथी
टन्न गाँठ भाको खोज्दैछु म त काँहा ससुरो छ।।४।।
तिम्ले बुझ्नु है त काली मेरो मनका इच्छाहरु
तिमी आउँदा भान्छामा पकाउने दाल मसुरो छ।।५।।
