Skip to content

बिहानीको लाली किरण उज्यालो छरी तिमी आयौ

बिहानीको लाली किरण उज्यालो छरी तिमी आयौ
बसन्ती रुपमा चाह मेट्न नशा छरी तिमी आयौ।।१।।

बैंशालू यौवनले मत्त रुपले झनै राँकिएर
कस्तुरीझैं बिना लुमाइ सुगन्ध छरी तिमी आयौ।।२।।

भन्न गाह्रो भाको रैछ मैंले ति आँखाका भाव बुझें
उमेरमै भेट्न कस्तो सानू जादू छरी तिमी आयौ।।३।।

त्यति टाढादेखी तिमी आयौ मृग तृष्णा सबै मेट
कस्तो बैंशालू त्यो रुपमा चमक छरी तिमी आयौ।।४।।

आयौ तिमी र पो त मेरो यो मन नि प्रफूल्लित छ
चरा सम्झी मेरो चारैतिर चारो छरी तिमी आयौ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *