Skip to content

शिरोधार्य

ती लाखौँ लाख आशीष सुहृद सवबाट छ ।
आभार उसले सादर व्यक्त गर्दछ ।

शिरोधार्य ललाटैमा, सवको शुभकामना ।
सवै खुसी शुखी होऊँ, गर्दछ शान्ति कामना ।

मित्र विद्वान कानून्का, विदुषी न्याय मन्दिर ।
फूक शंख र घण्टा नै , सुनियोस् जगतै भर।

हिंसक जन्तु जस्ता ती, समर्थक उन्का पनि।
लगलग गरी काँपुन् , तिम्रो त्यो गर्जनै सुनी।

धन्यवाद मुरी मुरी गर्छ अर्पण अन्तमा।
शुभै सुनौ शुभै हेरौ यही गर्दछ कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *