झसंग बिउँझिंदा असजिलो लाग्यो ओच्छयानमा मलार्इ
भएर कोल्टे सुते फेरि निरन्तर दिए मिठो निद्रालार्इ
का का गर्दै करायो काव आवाज आयो मेरो कानमा
गर्दै गाली कागलार्इ उठे जुरूक्क सकिएन निदाउन
बिहान कराउँदा काग भन्यो आमाले हुन्छ केही अशुभ
हुँदैन केही भन्दै आमालार्इ बिस्तारै निस्के म बाहिर
बहिरा पुग्दा लाग्यो अचम्मै भएछ धेरै नै उज्यालो
यतिखेरसम्म सुतेछु म हत्तेरीका घाडी हेरे हातको
बजेछ सात विहानको जानुछ खोज्नलार्इ अब कामको
भन्दै आमालार्इ हिँडे म बोकेर काँधमा एउटा नम्लो।
