Skip to content

हाँसी-हाँसी जली दिन्छ मैन


हाँसी-हाँसी जली दिन्छ मैन त्यो
आफै पग्ली बली दिन्छ मैन त्यो

अधेरीमा ज्योति फैलाउँछ उ हेर
कालो रात छली दिन्छ मैन त्यो

लप्किन्छ उतैतिर हावाले ढकेल्दा
झोकासँगै चली दिन्छ मैन त्यो

बिना स्वार्थ उजेली दिदै कठै ऊ
आफू जल्दै गली दिन्छ मैन त्यो

जली ज्योति छर्दै गली रन्छ ऊ
आफै जल्दै ढली दिन्छ मैन त्यो

“निराश बिरही” रेशम श्रीस
२०११-१२-२७ गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *