शरिर देखियो र शिर देखियो
आफ्नै जिन्दगीको भिर देखियो
हाँसो खुशी मात्र क्षणिक रहेछ
यो खुशीनै खुशीको पिर देखियो
आत्म त बहकीदो रहेछ यहाँ
साथ रहने त्यै शरीर देखीयो
लेखान्तले लेख नमेटिदो रै छ
अभावको रित्तो तक्दिर देखियो
विश्वासको धरहरा ढलेपछि
आफ्नै मुटु रोप्ने झिर देखियो ।
