Skip to content

मेरो यो गीतमा जून मुर्छना छ

  • by


मेरो यो गीतमा जून मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ?

एउटै छ धरती आकास एउटै
एउटै छ उछवास चाहना एउटै
तरंग धेरै बिक्षिप्त मनमा
आँखाले मात्र को गन्न सक्छ?

तिमी हात म देऊ म पृत दिन्छु
तिमी आँट देऊ म जीत दिन्छु
रहर कुँदेका पाइलाहरूलाई
बन्धनको सागर को खन्न सक्छ?

शब्द – हरिभक्त कटुवाल
स्वर – नारायण गोपाल
संगीत – अम्बर गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *