आँसुले आँखा पखालिए पनि
दिलमा घाउ आलै छ
ओठले जति हाँसे पनि
तनको पीडा मनमै छ
जँहा नै म निंदाए पनि
सपना उही त्रासकै छ
जँहा नै म हिडे भने
बाटोभरि नै काँडै काँडा छ
भुलिदिऊ भन्छु सबै अतितका पीडा
बितेका कुरा सम्झि मन हुन्छ छिया छिया
हे दैव मेरो जीवनमा कस्तो लगाई दियौ खोट
अचानो मलाई बनाएर खुकुरीको दियौ चोटै चोट ।
