आमाको नीलो गर्भबाट-
यो माटोमा झरेको हुँ पहिलोपटक
आमाको गर्भ छाड्दाको पीडाले-
रोएको हुँ यही माटोमा पहिलोपटक
सायद ताते छाडेर तङ्िग्रएर-
लड्दै हिँडे यही माटोमा पहिलोपटक
निस्फिक्री तन्नेरी भएर पनि-
हिँडेको हुँ यही माटोमा पहिलोपटक
यही माटोमा उमि्रएको जलामृत पिएँ निसन्देश पहिलोपटक
यही माटोको सुगन्धित हावाले स्पर्श गरेको हो मलाई पहिलोपटक
यही माटो माथिको आकाशमा-
चन्द्र सूर्य देखेको हुँ पहिलोपटक
यही माटोको जंगल र झाडीहरूमा-
चरा-चुरुङ्गीको गीतको शृङ्खलाहरू सुनेको हुँ पहिलोपटक
लडें, रोएँ, हाँसें, कराएँ जे जे गरें यही माटोमा पहिलोपटक
नेपाल भनेर पुकारिने यही माटो रहेछ-
र नै नेपाली भनेर चिनिएँ पहिलोपटक
आमाभन्दा पनि ठूली धरा तिमी
प्रत्येक साकार सपना र सिर्जनाहरू समर्पण गर्छु हजारौंपटक
प्रत्येक खुसी र उमङ्गगहरू यही माटोमा रोपिउन् हजारौंपटक
आमा तिम्रो पाउ नै मेरो शिर सम्झेको छु लाखौंपटक
आमा, तिमीलाई करजोरी साष्टाङ्ग दण्डवत ।।

sabai bhanda thuli yo
sabai bhanda thuli yo sansarma aama nai hun mitra
tpaiko line harule malai ta aama bhaeko thauma puge jasto lagyo
dhanya hun hamri aama