Skip to content


नेपालकी छोरी फरिया चोली सुहाउँछ मलाई
मिली बसौँ भन्छ मन, हिमाल पहाड तराई
गर्व लाग्छ धेरै मलाई पाउँदा नेपाली हुन
प्यारो लाग्छ बासुरी सारङ्गी र मादलुको धुन ।

जानेकै छु लाखे सेलो सेब्रु साकेला अनि धेरै
दसैँ तिहार छठ ल्होसार जस्ता चाडबाड मेरै
पूर्वेली गीतमा रमाउदै नाच्न मन पराउँछु
पश्चिमको देउडा सुन्नै हुन्न त्यतै हराउँछु ।

रमाउँछु देखेर सेतो हिउँले हिमाल सुहाएको
अनि हरियाली रङ्गले मेरो तराई नुहाएको
पूर्वकी चेली पश्चिमलाई बिर्सेकी छैन मैले
यो ठाउँको त्यो ठाउँकोभन्दा नेपाली हुँ पहिले ।

समिना कुलुङ
महाकुलुङ-३,सोलुखुम्बु

Leave a Reply

Your email address will not be published. Required fields are marked *