जिउने आगो फुक्दा फुक्दै भयो जीवन खलाँती
रुने आँखा सुक्दा सुक्दै भयो जीवन खलाँती
रोग दोष राजा देउता सके जति उपचार गरें
विशेक होला ढुक्दा ढुक्दै भयो जीवन खलाँती
छोरा छोरी नाता गोता ज्यू हजुर सलाम ढोगें
रहरहरू थुक्दा थुक्दै भयो जीवन खलाँती
तारा झार्न आकाश ताकी सांझ विहान दौडिरहें
गन्तव्यमा पुग्दा पुग्दै भयो जीवन खलाँती
भकुन्डो झैं सबले ठोके लात हातको सौगात पाएँ
लछ्यहरू चुक्दा चुक्दै भयो जीवन खलाँती
जीवनको रिन तिर्दा तिर्दै सकिएन आजित भएँ
देउतासामु झुक्दा झुक्दै भयो जीवन खलाँती
http://www.suman24.blogspot.com/
आफ्नो छाला काढी आफै बनाइदिएँ खलाँती
त्यै खलाँती फुक्दा फुक्दै भयो जीवन खलाँती
