युद्ध हुन्छ दिन-दिन रातै पिच्छे युद्ध हुन्छ,
हेर्दै जाउ देशमा अब, छाकै पिच्छे युद्ध हुन्छ ।
जो सँग छ टन्न पैसा त्यही मात्रै बाँच्न सक्छन्,
धनी गरीब भन्ने एउटा, नातै पिच्छे युद्ध हुन्छ ।
कही कतै भेट्ने छैनौ ‘शान्ति’ भन्ने शब्दलाई,
युद्ध हुन्छ फूल-फूल, पातै पिच्छे युद्ध हुन्छ ।
मन खोली तिमी पनि कसै सँग नबोल है ?
बोल्नै हुन्न आजभोलि, बातै पिच्छे युद्ध हुन्छ ।
भुल गर्यो ईश्वरले मान्छेलाई बनाएर,
मान्छे भन्ने किन त्यस्को ? जातै पिच्छे युद्ध हुन्छ ।

कही कतै भेट्ने छैनौ ‘शान्ति’
कही कतै भेट्ने छैनौ ‘शान्ति’ भन्ने शब्दलाई,
युद्ध हुन्छ फूल-फूल, पातै पिच्छे युद्ध हुन्छ ।
ati ramro lagyo gazal ra bishesh gari yo sher