रिषि किशोर हाम्रा नै, ‘गु’ धपाउन तल्लिन,
रवि सरी ‘रु’ ल्याउने, निरन्तर सवै तिर ।
बगाई योग धारा नै, बाग्मती नै सक्भर
शीत ताप र वर्षा नि, सही सदै ज तत्पर ।
शिष्य कै स्नेहमा हिन्दै, जैन मन्दिर धाउने,
निरन्तर नथाकेर, आत्म तत्व चिनाउने ।
आफुले आफुलाई नै, आफै भित्र पसाउने,
आफ्नै आत्मा चिनाएर,अानन्दित गराउने।
यो अन्नमय हो कोश, प्राण बसेर भित्र नै ,
गर्दछ सिर्जना ब्रह्माण्ड,मिलाई पंचतत्व नै ।
आत्मालाई त आत्माले, हेर्ने मार्ग बताउने,
आफ्नै आत्मा ज हेर्नै यी , उत्साहित गराउने ।
विश्वामित्र वशिष्ठ यी,खानी युगल ज्ञानका
प्रणाम गर्दर्छौँ हामी, छौँ भोका सब ज्ञानका ।
सप्त रिषिहरूलाई, ज्ञान दान गरी शिव ।
आदि गुरु बनेका हुन् ,आजैको दिनमा शिव ।
शिवका शिष्य सातै नै, सप्त रिषिहरू थिए,
उनैका शिष्य हाम्रा यी, दुवै गुरु भनी बुझे ।
उपवास चतुर्मास , जैनको आज बाट नै ,
निराहार रही ध्यान, एकान्त बासबाट नै ।
अन्धकार हटाएर, ज्ञान ज्योति बढाउने,
गुरु मात्र सदा एक, अात्म ज्ञान गराउने ।
आदि शिक्षक महान , शिवको वारिसै गुरु ,
गर्छौ वन्दन युगल कर, स्वीकारौं है दुवै गुरु।
प्रेक्षा ध्यान सिकाउने , गुरु द्वय नमो नम:
साधक साधिका प्यरा, सवैलाई नमो नम: ।
