धन्यवाद

कामना शुभ यात्राको , व्यक्त गर्ने हरूकन,
यौगिक बन्दना धेरै, प्रे़क्षाध्यानी सवैमन ।
दिदी र बहिनी भाई, हास्य गोग सदा गरौँ,
यात्रा अन्तर गर्दा नै, बाह्य यात्रा पनी गरौँ l
पंच भौतिक ब्रह्माण्ड, यस्तै यात्रा गरी बुझौँ,
आकाश जल मार्गै मा, अनुभव गरी रहौँ ।
यूरोपमा विभिन्नै छन्, भाषा भाषी र काम नि,
तातो चिसो सुखा गर्मी, भेष विभिन्नता पनि ।
पशु पंक्षी बनैका नि, संरक्षित सवै सदा,
अणुव्रत यहाँ हुन्छ, जल वायु त सर्वदा।
शुभ चिन्तकमा मेरो , धन्यवाद सदै छ नि,
मुहार पुस्तिकालाई, धन्यवाद दिऊँ पनि ।
लन्दन, जुलाई २६, २०१९.
