Skip to content

उसको खानामा पनि नून छ
त्यसको पसिनामा पनि नून छ

भन्सार बाट मात्र आउने होइन
उसको धनसारमा पनि सुन छ

उसको तेल मालिसमा मात्र होइन
त्यसको बूट पालिसमा पनि गुन छ

उसलाई बचाउदा मात्र चाहिने होइन
त्ससलाई मार्दा निस्कने पनि खून छ

आकाशमा मात्र उदाउने होइन
दुइ छाक टार्न चाहिने पनि जून छ

मान्छेमा हराउँदै गएको छ भन्छन्
आत्मा हराएको जन्तु पनि कुन छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *