Skip to content

पन्चतत्व जहाँ पनि

  • by

पन्चतत्व जहाँ पनि
ंंंंंंंं
नेपाल-१
गाउँ बेँसी पहाडको, गाई गोरु धपाउँदै,
स्कूल बोकेर झोला नै, हिडियो नि रमाउँदै।

महाकाली र मेची नी, हिन्यो न्याय दिलाउन,
बाग्लुँग पोखरा पाल्पा, धनकुटा र इलाम ।
भारत-२
काशी प्रयाग बम्बै नि, कोल्काता देहली,
भारत घुमियो हेर्दै, लखनौ पटना पनि ।
एशिया-३
बाँग्ला देश र बैन्कक, सिंगापुर मलेशिया,
चीन र पाक बाहेक, घुमी सकेँ त एशिया ।
अफ्रिका-यूरोप-४
नैरोबी र कतारैको,गरियो देश दर्शन,
एथेन्स ग्रीसको केन्द्र, प्लेटो अरस्तुको थल।

साइप्रस त सानो हो,जल बेष्ठित द्वीप छ,
पानी पर्दैन बर्षौँ नै, जल रहित डोब छ।

समुद्रमाथि पानीमा, बार्दलीबाट तीरमा,
माछा मारी रमाउँछन् , पर्यटक त नीरमा ।

मोहक समशीतोष्ण, जलवायु त सुन्दर,
बर्षा हुँदैन बर्षौं नै, सुख्खा जमीन सवैतिर ।

एडिन्वरा स्कटल्याण्ड, लन्दन ब्रिज मुन्तिर ,
यो बेलायतको यात्रा, घुम्ने क्रम निरन्तर ।
अमेरिका-५
वाशिंटन र न्यूयोर्क , फ्लोरिडा सम्मनै अघि,
टेक्सास क्यालिफोर्नियाँ, हूभर ड्याममा पछि ।

भेष भूषा र भाषाको, विभिन्नता भए पनि,
केही कुरा समानै छ, विश्वमा नै जहाँ पनि ।
पन्चतत्व
भोक तीर्खा र निद्रा नि, नरनारी जहाँ पनि,
दया माया र क्रोध नि, विश्वमा छ जहाँ पनि ।

भूमि आकाश पानी र, अग्नि वायु जहाँ पनि ,
विश्वमा छ अनिवार्य, पन्चतत्व जहाँ पनि ।

अगस्त २२, २०१९-यूके

Leave a Reply

Your email address will not be published. Required fields are marked *