हिन्दू परम्पराअनुरूप मनाइने विभिन्न चाडपर्वहरूमध्ये -भक्तजन)हरूको अत्यधिक जमघट हुने पर्व चैत्र कृष्णअष्टमी -चैतेदसैँ) वाग्लुङ भगवती पनि प्रमुख तीर्थस्थल मानिन्छ । चैतेदसैँको वाग्लुङ भगवतीको बजार लाग्ने प्रचलन पशुपतिनाथ मन्दिरको भन्दा विशेष फरक छ किनभने यो -उत्सव) सात दिनसम्म चल्ने र धार्मिकभन्दा मनोरञ्जन बढी हुने विशेषगरी भूपू सैनिक -भारतीय एवं बि्रटिस सेना)हरूले पेन्सन बुझ्ने, वर्षभरिका लागि सामान खरिद-बिक्री गर्नेजस्ता कारणहरूले पनि गर्दा वाग्लुङ भगवती बढी प्रसिद्धि छ ।
वाग्लुङ भगवतीको चर्चा गर्नु अगाडि पुराना तीन भनाइहरू- काठको मानु ढुङ्गाको छानु, स्वास्नी नपाए वाग्लुङ जानु । न्याय नपाए गोर्खा जानु ।
-कार्तिक एकादशीमा) जाऊ छोरी निरहे पोखौँली विरहे, त्यसपछि भै पार्वती -शिवरात्रिमा) गलेश्वर त्यहीँ पनि बाली नगए, -चैतेदसैँमा) भगवती, केही नलागे चोली गुन्यूको त होला नि प्रगति तिन्टा पैसा कहिलेलाई चैतेदसैँ वाग्लुङ बजारलाई । अरू थुप्रै…यी
भनाइहरू पश्चिम गण्डकी, धवलागिरि र लुम्बिनी अञ्चलका केही जिल्लाहरूमा बसोबास गर्ने जनजाति खासगरी मगर, गुरुङ संस्कृति- मारुनी, रोधी र मर्दापर्दा भेटघाट गर्दा भनिने गाइने गीतहरूबाट निस्कने भावहरू हुन् ।
वाग्लुङ भगवती के हुन् र कसरी प्रसिद्ध छन् भन्ने सम्बन्धमा मूल पुजारी सुरेशप्रसाद शर्माका अनुसार पाल्पा तानसेनकी
भगवतीका नौ बहिनीहरूमध्ये वाग्लुङ भगवती माइली हुन् । उनको प्रतिमा तानसेनबाट लिएर आउँदा खड्क समाउनेहरू हाल वाग्लुङमा खड्का थर रहेका र डोला/ढोला समाउनेहरू लोला राना मगर थर
-जातजाति)का रहेको भन्ने किंवदन्ती छ । तानसेनबाट बोकाएर ल्याएको भगवतीको मूर्ति कालिगण्डकी र काठेखोलाको दोभान बीचको -हालको जङ्गल) स्थानमा प्रथम चोटि बिसाएको ठाउँलाई चण्डेश्वर भनिन्छ, जहाँ भूतप्रेत र मसानको पूजा गरिन्छ । त्यसपछि केही उच्च ठाउँमा लगियो जहाँ उनको अङ्गबाट महाकाली, महालक्ष्मी, महासरस्वती उत्पत्ति भए । उनको पाउ जो मन्दिरको पछाडिपट्ट िभेटिन्छ, त्यसलाई काली भनिएको छ । यस मन्दिरमा सुरुमा धेरै खड्का थरका पुजारीहरू हुने गरेको । मन्दिरको गुठी भएका कारण जग्गामा
लगाइएको मालपोत ठेक्कापट्टाबाट उठेको रकम पूजाआजामा खर्च गरिन्छ । यस मन्दिरमा खास गरी चैत्र अष्टमीमा १५ दिनसम्म लगातार पूजाआजा गरिने र
आश्विन -वर्षे दसैँ)मा पाँच दिनसम्म, एकादशी र औँसीका दिनहरूमा बाहेक अरू दिन पूजा हुने गर्दछ यस मन्दिरमा विभिन्न पशुपक्षीका बलि पनि दिने गरिन्छ । यस मन्दिरभित्र छ सय वर्ष पुरानो -ननिभेको) अग्निकुण्ड छ जो निरन्तर बलिरहेको पाइन्छ । यदि यो आगो निभेमा त्यस भेग वरपर केही नराम्रो हुन्छ भन्ने किंवदन्ती पनि छ तर भगवतीको शक्तिका कारण आगो ननिभ्ने भएकाले सबैको कल्याण भइरहेको छ भन्ने जनविश्वास रहिआएको छ ।
धार्मिक पर्यटकीय दृष्टिकोणबाट वाग्लुङ-बेनी -म्याग्दी) लाई दुई धाम तीन ठामको दृष्टिकोणबाट उपयोग/आनन्द लिन सकिन्छ । एउटा धाम वाग्लुङ भगवती, दोस्रो धाम गलेश्वर महादेव र तेस्रो धाम सिँगा -म्यादी खोला)को तातोपानी कुण्ड जसलाई प्राकृतिक उपचार -थेरापी) केन्द्र पनि भन्दा फरक पर्दैन ।
आजभन्दा तीन-चार दशक पहिले चैतेदसैँ वाग्लुङ मेलालाई फर्केर हेर्दा एउटा विचित्रको अनुभव हुन्थ्यो । अष्टमी र नवमीका दिन मन्दिरमा गरिने पूजाआजाबाहेक वाग्लुङ बजारमा सात दिनसम्म रमाइलो मेला सबैका लागि कौतुहलको विषय बन्दथ्यो । सुन्दर सानो टापुको जङ्गल बीचमा अवस्थित भगवतीको मन्दिरलाई एकातर्फबाट
कालीगण्डकीले सिमाङ्कन गरी छुट्टयाएको छ भने अर्कोतर्फ काँठेखोला रेखाङ्कन गरेको र उत्तर-पश्चिमतर्फ वाग्लुङ बजार हालको पोखरा-वाग्लुङ मोटरबाटोले छुट्टयाएर राखेको छ । घना जङ्गलको बीचमा शान्त र एकान्तमय स्थानमा भगवतीमाईको पूजा गर्न पाउनु सबै भक्तजनहरूको लागि पनि स्वर्गीय आनन्दको अनुभव हुन्छ ।
अर्कोतर्फ मगर र दलित समुदायहरूको जनघनत्व बढी रहेको, मगर, गुरुङ, थकाली संस्कृतिले धनी प्रदेश, रोधी बस्ने, मेला पर्वमा मनको धोको पुर्याएर ठिटा-तरुनीहरू गीत गाउने, वर्ष दिनमा कमाएको पैसा खर्च गर्ने, बुने/बनाएका घरायसी उपभोगका सरसामानहरूको किनबेच हुने एक मात्र अवसर थियो ।
भगवतीमाई र चैतेदसैँ वाग्लुङ मेलाको विगतमा रहेका विशेष अवसर र रोमाञ्चकारी विशेषता भए पनि हिजोआज विज्ञान र प्रविधि एवं सञ्चार प्रविधिले यति धेरै आक्रमण गर्यो कि ती प्रचलन, संस्कृति र परम्परालाई लोप गराउँदै छेउ लगाइसकेको छभन्दा पनि फरक पर्दैन आज ती प्रचलनहरू बूढापाकाका मुखका कथा र नवपुस्ताका लागि दन्त्यकथाभै”m सावित भइसकेका छन् । मात्र आज ती सहरबजार र राजधानीका होटल, रोधी, दोहोरी गायन घरहरूमा साँगुरिन पुगेका छन्
