Skip to content


बहकिने मनको पनि बह फरक भएपछि,
बराबर हुन्न आँसु गह फरक भएपछी ।

देख्दिन म कोही पनि पुर्णिमाको चकोर झैँ,
कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछि ।

रस खाइ मौरी पनि भुल्दो रैछ फूललाई,
हरेक फूलै पिच्छे उस्को मह फरक भएपछि ।

मेरो मन्ले तिमी भित्र सकेन है पौडी खेल्न,
तिम्रो मन्को दह भित्र रह फरक भएपछि ।

ढिलै भए पनि आज एउटा कुरा बुझेँ मैले,
नजोडीदो रैछ मन तह फरक भएपछि।

14 thoughts on “बह फरक भएपछि”

  1. सुन्दर प्रस्तुति
    विशिष्ट

    सुन्दर प्रस्तुति
    विशिष्ट शव्दहरुको संयोजन,
    मन छुने गजलको लागी धन्यवाद नेपोलियनजी !

  2. वाह! वाह!! गज्जब छ! साह्रै
    वाह! वाह!! गज्जब छ! साह्रै मिठो लाग्यो यो गजल!

  3. हो मैले पनि ढिलै बुझेँ यो
    हो मैले पनि ढिलै बुझेँ यो कुरा चैं –

    ढिलै भए पनि आज एउटा कुरा बुझेँ मैले,
    नजोडीदो रैछ मन तह फरक भएपछि ।

    राम्रो लाग्यो गजल ।

  4. ढिलै भए पनि आज एउटा कुरा
    ढिलै भए पनि आज एउटा कुरा बुझेँ मैले,
    नजोडीदो रैछ मन तह फरक भएपछि ।
    I agree 100%

Leave a Reply to Sapan Cancel reply

Your email address will not be published. Required fields are marked *