लाएर फेरि माया मारेर हुन्न सानू
माया उता यताको सारेर हुन्न सानू ।।
टाढा भएर के भो छन् याद छाती भित्रै
माया छँदा छँदै यो टारेर हुन्न सानू ।।
खोलो छ तर्नु पर्ने खोल्सो नठान प्यारी
गाह्रो छ तर्न खुट्टा फारेर हुन्न सानू ।।
चढ्नै छ शैल अग्लो फेदीतिरै बसेर
यत्नै विना तिमीले हारेर हुन्न सानू ।।
माया छचल्किएको पोखिन्छ जानी राखौं
यस्लाई बाँध जस्तै बारेर हुन्न सानू ।।
