Skip to content

“मभन्दा नि – ३” गीत सार्वजनिक


संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:खसुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोएकै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गर्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत ।

“आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि
धेरै माया गर्ने तिमीलाई पायौ कि त मभन्दा नि ।”

जति सुन्यो जति हेर्‍यो हेरुँ हेरुँ अनि सुनुसुनु लाग्ने मर्मस्पर्शी हजारौं हजार गीतका रचनाकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको गीत “मभन्दा नि-३” गायिका मेलिना राईको सुमधुर स्वरमा अनि पुरुषतर्फबाट गायक प्रदिप ग्लानको स्वरमा ओएस नेपाल र मेलोडी नेपालको प्रायोजनमा अडियो तथा म्युजिक भिडियो एकै चोटी सार्वजनिक भएको हो । एउटा गीतको कभर भिडियो र एउटाको अडियो भिडियो सार्वजनिक भएको छ । अडियो भिडियोको गीतको भिडियो पनि चाँडोभन्दा चाँडै सार्वजनिक गरिने कुरा ओएसनेपालको तर्फबाट विवेक कार्की र मेलोडी नेपालका तर्फबाट केशव विश्वकर्माले जानकारी दिनु भयो । गायक, एरेञ्जर तथा संगीतकार पुष्कर सुनुवारको संगीतमा रहेको उक्त गीत अमरसङ्ग्स् (Amar song’s)मा रहेको छ । गीतको छायांकन श्रीराज गौतमले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *