Skip to content

सम्झना हि नासेहेङ (धिमाल कविता)

DambarDhimal


क) धिमालमा

पोतोका जिन्दगीको
र्हिङ्का सम्झना दोसाङ
संघर्षसिल जीवन यात्रासो
इन्तालु, सुमधुर सम्झना नासेहेङ… !

हेन्साङ दिन जेङ्होइ
नांको नोम्का खुरहोइ लेखितेङ
इन्तालु बानालगेलाइँ मालोका
झ-झल्को लोतेङ हिखें नासेहेङ… !

इन्सो देराभारिको हुलाक सा:गेलाइँ
आन्दोलन पाकालाइको निसाना तातें मापरेहिं ?
हाइ बेर !
दुनियाँता द्द्याङको आत्मा सन्तुस्टि मान्थु
म्हुइका निउताङ बिगार पाखें ।

सम्झिखा, इँङ्को दिन छुटिनासो
प्रेम- इन्तालु सझितेङ हिघाँ नासेहेङ
ना हेन्साङ दुरगम देराभारी हिना
का बोसार्भिको मरुभूमि भारी … !

येताते हेथ्थें अत्यास लागिखे
मनको पिर बेन्था हासुङ माबुझिखे
बोमिको हक्ता हितेङ काम पालि गोइखें
मन भुलिपालि नासेहेङ सम्झितेङ हिखाँ ।

थामान्थु जिन्दगीको यात्रागेलाइँ
हेसो थेकेपा थुकालि गोइका ही
हेथें दुख हन्डर निञ्चालिं गोइका ही
इँकोबुङ परदेशको जिन्दगी !
यात्रा अविरल हिदुङ्ही नासेङ सम्झितेङ ।

जेलाउतें एसा लागिखे !
नांको पुर्ना बानालगेलाई खाङ्लाउ
नांको साइका खुरको दागा हिनाङ भाइखें
लेङ्मुचुपा लेङ्पितेङ आरों पिनाङ भाइखें ।

एइ, इङ्कोङ बानालगेलाई खाङ्काउ
लाङ बासारको बानालगेलाई खाङ्लाउ
साँच्चै ! इन्तालु …
नांको पुर्ना बानालगेलाई रो नासेहेङ सम्झितेङ
एसाङ दिना रात पारा पातेङ हिघाँ
नांको बानाल रो फोटोगेलाई चुमाइतेङ ।
***
इन्तालु- मायालु
बानाल- चिट्ठी
10062018, २०७५ जेठ २७ आइतबार ।
– डम्बर धिमाल (प्राकृति राजदोङ्ये )
नपा. उर्लाबारी-८ दुर्गापुरी- मोरङ ।

ख) नेपालीमा
– सम्झना छ तिमीलाई

छोटो जिन्दगीको
लामो सम्झनासँगै
संघर्षसिल जीवन यात्राको
सुमधुर मायालु सम्झाना तिमीलाई… !

धेरै दिन भई सक्यो
तिम्रो नरम हातले लेखिएको
मायालु चिट्ठीहरू न आएको
झ-झल्को आइरहन्छन् तिमीलाई … !

तेता गाउँतिरको हुलाक घरहरू
आन्दोलन गर्नेहरुको निशानामा त परेन ?
के बेर !
दुनियाँमा मान्छेको आत्मा सन्तुष्टि छैनन्
सानो निहुँमै बिगार गर्छन् ।

सम्झिन्छु, त्यो दिन छुटे देखि
प्रेम- मायालु सम्झिरहेछु तिमीलाई
तिमी धेरै दुर्गम गाउँतिर छ्यौ
म पराई देशको मरुभूमि तिर… ।

यहाँ त, कत्ति अत्यास लाग्दो छ
मनको पिर व्यथा कोही बुझ्दैनन
अर्काको अधिकारमा बसेर काम गर्नुपर्छ
मन भुलाउन तिमीलाई सम्झेर बसिरहन्छु ।

थाहा छैनन् जिन्दगीका यात्राहरू
कहाँसम्म पुग्न पर्नेछ
कति दु:ख हन्डर खानु पर्नेछ
त्यैपनी परदेशको जिन्दगी !
यात्रा अविरल छदैछ तिमीलाई सम्झेर ।

कहिले त यस्तो लाग्छ !
तिम्रा पुरानो चिट्ठीहरू हेर्दा
आँखामा आँसु रसाउँछ
तिम्रो छोएको हातको दाग बेग्लै लाग्छ
मधुर हाँसो दिएर फेरि मुस्कान दिए जस्तो ।

हो त, त्यहीँ नै चिट्ठीहरू हेर्दा
पहिलो वर्षको चिट्ठीहरू हेर्दा
साँच्चै ! मायालु …
तिम्रा पुरानो चिट्ठीहरू र तिमीलाई सम्झेर
त्यसै दिन रात कटाइरहेछु
तिम्रा चिट्ठी र फोटोहरू चुमेर… ।
*** इन्तालु- मायालु

10062018, २०७५ जेठ २७ आइतबार ।
– डम्बर धिमाल (प्राकृति राजदोङ्ये )
नपा. उर्लाबारी-८ दुर्गापुरी- मोरङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *