Skip to content

सुरेन्द्र महर्जन अमरको आउन माया बजारमा


प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशुपंछी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो ।

माया प्रेमकै कुरा गर्नुपर्दा, नेपाली गीत, संगीत र संचार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा राम कार्कीको एरेञ्ज तथा संगीत रहेको “आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन” बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आउन माया बसी देऊ गीतको म्युजिक भिडियोमा अभिनय सुपा खनाल र सुरेन्द्र महर्जन रहेको छ । उक्त गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको स्रजकले बताएका छन् ।

आम दर्शक एवं स्रोताक्ल धुकधुकी बन्न सक्ने रचनाकारले बताएका छन् ।

उक्त भिडियोको छायांकन सुरेश बज्राचार्यबाट गरिको हो भने मेक-अप मनिषा भट्टराईको रहेको उक्त गीतको निर्देशन राजु श्रेष्ठले गरेका हुन् । इडिटिङ्ग सुरेश बज्राचार्यले गरेको भिडियो एक पटक हेरेर सुनेर नपुग्ने अपसराज एवं अमर सङ्गको प्रस्तुतिमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *