मनले अलिकति अमृत रस, मागेपछि के भो ?
लुकेको त्यो भित्री तृष्णा, जागेपछि के भो ?
पहिलो पेग पानीसँग, दोस्रो पेग बिना पानी,
झुम्म-झुम्म बेहोस जस्तै, लागेपछि के भो ?
कठघरामा झुट्टा बोल्नेले, भट्टीमा सत्य बोल्छ,
लर्खराएका पाइला टेक्दै, भागेपछि के भो ?
बेहोस पछि होसमा आउँदा, संसार नै विचित्र अरे,
पिएको त्यो ओभरडोजले सीमा, नागेपछि के भो ?
पिउनुको मज्जा बेग्लै, मदहोस् हुनेले नै भन्छ,
पिउदापिउदै बाँकी जीवन, दागेपछि के भो ?
अमृता ‘असीम’
२०७५।८।५
बेसीशहर नगरपालिका
