Skip to content

बढ्दैछ त्यो जवानी


बढ्दैछ त्यो जवानी देखिदैछ
कहाँ हुँदैछ लगानी देखिदैछ

खाडीको माटो पसिनाले भिज्दा
गाउँको आँखामा पानी देखिदैछ

कोपिला फक्रेर फूल भएपछि
बदलिएको आनिबानी देखिदैछ

घर जलाई आगो ताप्नेहरूले
पाए केबल खरानी देखिदैछ

बेचिदैछिन् आमा भरि बजारमा
बस्दैछ छोरो जमानी देखिदैछ

केदार थपलिया
नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *