Skip to content


लासको थुप्रो टेक्दै विश्व सएर कति गर्छस कोरोना ?
फूलै फूलको बगैंचामा विष कति छर्छस् कोरोना ?

एसियाबाट युरोप हुँदै पुगिसकिस् अमेरिका पनि
लागे हुन्छ आफ्नै बाटो पिछा कति पर्छस् कोरोना

उजाड पारिस् संसारका सुन्दर ती मानव बस्ती
घुसीसकिस् लाखौ भित्र अँझै कतिमा सर्छस कोरोना ?

छोडिनस् कलिला अनुहार अनि अशक्त वृद्धहरू
अघाइनस् र ? निर्दोष प्राण अँझै कति हर्छस् कोरोना ?

नमच्चा उन्माद धेरै संसार सचेत बनिसक्यो
बिनास तेरो निश्चित छ छिट्टै अब मर्छस् कोरोना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *