धेरै जसो एकान्तमा रुने बानी बस्यो सक्यो
मन बहलाउन एक्लो हुने बानी बस्यो सक्यो
तिमीले जो दिन्थ्यौ मलाई अब त्यस्तो खुशी केलाई
सुखी हुन आफ्नै घाउ छुने बानी बस्यो सक्यो
को भन्छ यो एक्लोपना निरस हुन्छ माया बिना
रसिलो आँसुले मन धुने बानी बस्यो सक्यो
स्वर: तारादेवी
