सागर छ गहभित्र चाहे म रोइदिन्छु
आँधी छ छातीभित्र खोजे म बल्झिदिन्छु
अास हृदय होइन मैले बोकिहिंडेको
सुम्पेको छु तिमीलाई म आफूसँग भएको
अधरको हाँसो निष्ठुरी तिमीलाई दिइसकेछु
लाग्छ हेराइमा तिम्रो के के नपुगे जस्तो
मुटु दिएर तिमीलाई क्यै दिइन मैले जस्तो
मभित्र पसेर हेर म त खाली खाली भएछु
शब्द – अमृत श्रेष्ठ
स्वर, संगीत – भक्तराज आचार्य
एल्बम – हजार सपना

अति सुन्दर ! शब्द संगीत स्वर
अति सुन्दर ! शब्द संगीत स्वर सबै सबै ।