मेरो छेउ कोमल भाव बटुली नआऊ
म ढुंगा हुँ काँचको मुटु लिई नआऊ
यहाँ कोही कसैमा समर्पिन व्यर्थै
समर्पणपछि झन तड्पिन व्यर्थै
सबै आफ्नो आफ्नै समस्यामा व्यस्त
कसैबाट केही आस गर्नु व्यर्थै
कुनै प्रेम कथाको आधार लिई नआऊ
किन मान्छे रुन्छन् यहाँ साथी खोजेर
हेर म खुसी छु एक्लै जिएर
तेरो प्यासभन्दा निष्ठो छ संसार
तेरो आसभन्दा अँध्यारो छ संसार
यहाँ जुनकीरिको किरण लिई नआऊ
शब्द, संगीत – गोपाल योञ्जन
स्वर – भक्तराज आचार्य
एल्बम – हजार सपना
