Skip to content

मलाई मेट्न देऊ मैले कोरेका रेखाहरू

  • by


मलाई मेट्न देऊ मैले कोरेका रेखाहरू
यहाँ माया नै घृणाले पुरिएको हुन्छ
मलाई पिउन देऊ आज यी नशा
अरू यहाँ बाँचुञ्जेल व्याथाले सताएको हुन्छ

मेरो प्यारको आवाज सम्झ
काँडैकाँडाबिच अल्झेको छ
तिम्रो लागि केही होइन
मलाई बाँच्न कठिन छ
मलाई पिउन देऊ आज यी नशा
अरु यहाँ बाँचुञ्जेल व्याथाले सताएको हुन्छ

मेरो जिन्दगीको गीत सम्झ
संगीत नपाई रोएको छ
तिम्रो लागि केही होइन
मलाई कल्पिरहनु परेको छ
मलाई पिउन देऊ आज यी नशा
अरू यहाँ बाँचुञ्जेल व्याथाले सताएको हुन्छ

शब्द- उत्तमलाल श्रेष्ठ
स्वर – भक्तराज आचार्य
संगीत – शिवशंकर
एल्बम – हजार सपना

Leave a Reply

Your email address will not be published. Required fields are marked *